images
images

कोरियाले ४ हजार मौसमी कामदार लैजाने


  • 946
    SHARES
  • २०७८ चैत्र ७ गते सोमबार

    कोरियाले ४ हजार मौसमी कामदार लैजाने

    काठमाडौं । कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् । कोरियाले २०२२ को जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो ।

    नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दे आएको नेपाल कल्चर सेन्टर कोरियाले त्यहाँको कानुन तथा न्याय मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भई नेपालको बारेमा जानकारी गराएको छ । 

    कोरियाले यो वर्ष नेपालसहित थाइल्याण्ड, कम्बोडिया, भियतनामबाट यस्ता कामदार लैजाने भएको जनाएको छ । नेपाल कल्चर सेन्टर कोरियका निर्देशक ह्याङ्क्युले कोरियास्थित कानुन तथा मन्त्रालयले सन् २०२१ डिसेम्बर १४ गते प्रकाशित गरेको सूचनाअनुसार कोरियामा कृषि तथा माछा पालन क्षेत्रमा खेप्दै आएको कामदार अभावलाई कम गर्न मौसमी प्रणालीमा आधारित मौसमी कामदार माग गर्न यो वर्षको जनवरीदेखि नयाँ नियम लागू गरेको बताए । 


    images

    Logo