काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा आफ्ना उम्मेदवार रामबहादुर थापा ‘बादल’ पराजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित भएका छन् । पार्टीको ह्वीपविपरित गएर मतदान गरेको भन्दै ओली आक्रोशित भएका हुन् । उनको आक्रोशको रुपमा बिहीबार एमालेले विज्ञप्ती निकालेको छ ।
पार्टीमा प्रवक्ता प्रदीप ज्ञवालीले निकालेको बक्तव्यमा पार्टीको निर्देशनविपरित पार्टीका उम्मेदवारविरुद्ध मतदान गर्ने र पार्टी निर्देशन विपरित गतिविधि गर्ने प्रवृत्तिलाई भत्र्सना गर्दै गम्भीरतापूर्वक लिएको उल्लेख गरिएको छ ।
