काठमाडौं । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउने निर्णय गरेको हो । जेठ ९ गते अर्थात आगामी आइतबार प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको मन्त्रिपरिषद उच्च स्रोतले बताएको छ ।
बजेट ल्याउन दिन नजिकिदै जाँदा काम चलाउ सरकराले प्रतिनिधिसभाको अधिवेशन बोलाएको हो । अधिवेशनम सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनाको साथै आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गर्ने योजना प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका छन् ।
संसदबाट विश्वासको मत जित्न नसके अध्यादेशमार्फत बजेट ल्याउने सरकारको दाउ रहेको छ । सरकारले अधिवेशन बोलाए पनि संसदले बजेट ल्याउन बाटो खोल्ने नखोल्ने विषयमा भने हेर्न नै बाँकी छ ।


