काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ९ पैसा कायम गरेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ९१ पैसा रहेको छ ।


