काठमाडौं । २०७८ सालको लागि बैंकका कर्मचारीहरुले पाउने बिदा सार्वजनिक भएको छ । राष्ट्र बैंकले सोमबार बैंक बिदाको सूचना सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
शनिबार बाहेक बैशाखमा २ दिन, जेठमा २ दिन बिदा दिइएको छ । त्यस्तै, भदौमा बैंकहरुलाई ३ दिन बिदा दिइएको छ। असोजमा भने ११ दिन बैंकहरु बन्द हुनेछ । कात्तिकमा ६ दिन बिदा दिइएको छ। मंसिरमा २ दिन बिदा परेको छ।
माघ १ गते माघी पर्वको बिदा दिइएको छ। फागुनमा ३ दिन बैंकहरु बन्द रहनेछन्। चैत १८ गते घोडेजात्राका अवसरमा उपत्यकाका बैंकहरु लाई बिदा दिइएको छ । राष्ट्र बैंकका अनुसार शनिबार पूर्ण बिदा र शुक्रबार आधा दिन बिदा हुनेछ।


