images
images

भन्सार एजेन्टको परीक्षा रोकियो, अब कहिले हुन्छ ? 


  • 737
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    भन्सार एजेन्टको परीक्षा रोकियो, अब कहिले हुन्छ ? 

    काठमाडौं । भन्सारको जाँचपासका लागि सहयोग गर्ने भन्सार एजेन्टको लाइसेन्सका लागि लिन लागिएको परीक्षा स्थगित भएको छ । कोभिड महामारीसँगै घोषित निषेधाज्ञाका कारण परीक्षा हुन नसक्ने भन्दै भन्सार विभागले यस्तो परीक्षा स्थगित गरेको जनाएको हो । 

    यसअघि जेठ २२ गते परीक्षा लिनेगरी कार्यतालिका सार्वजनिक भएको थियो । भन्सार एजेन्टको परीक्षाका लागि गत चैत १६ गते सार्वजनिक आह्वान गरिएको थियो । 

    अब नयाँ परीक्षा कहिले हुन्छ भन्ने सम्बन्धमा विभागले केही जानकारी दिएको छैन । तर, परीक्षा हुनुभन्दा १५ दिन अगाडि सूचना जारी गरेर परीक्षा लिइने विभागले प्रष्ट पारेको छ । 


    images

    Logo