images
images

राष्ट्र बैंकको नयाँ नियम : ३% भन्दा धेरै नाफा कमाउनेले पुनरकर्जा लिन नपाउने


  • 1.5K
    SHARES
  • २०७८ चैत्र ८ गते मंगलबार

    राष्ट्र बैंकको नयाँ नियम : ३% भन्दा धेरै नाफा कमाउनेले पुनरकर्जा लिन नपाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नाफा कमाउने फर्म तथा कम्पनीले पुनकर्जा लिनै नपाउनेगरी नयाँ नियम बनाएको छ । पुनरकर्जा कार्यविधि २०७७ को चौथो संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । 

    संशोधित कार्यविधिमा कुनै पनि फर्म वा कम्पनीले पुनरकर्जा प्राप्त गर्न पछिल्लो २ आर्थिक वर्षमा औसत ३ प्रतिशत भन्दा बढी रिटर्न अन इक्विटी हुन नहुने व्यवस्था गरेको छ । यसअघि २० प्रतिशतसम्म आरओई हुने कम्पनीले पुनकर्जाको लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । 

    संशोधनमार्फत् राष्ट्र बैंकले यसअघि पुनरकर्जा सुविधा प्राप्त गरेका व्यवसायीलाई फेरि पुनरकर्जा दिन समेत रोक लगाएको छ । 

    nrb-.jpg
    पुनरकर्जा कार्यविधिमा पुनरकर्जा लिन अयोग्य हुनेगरी गरिएको व्यवस्था

    पुनरकर्जाको ब्याजदर बढ्यो 

    राष्ट्र बैंकले पुनरकर्जामा लिइने ब्याजदर समेत बढाएको छ । अब बैंक तथा वित्तीय संस्थाले पुनरकर्जा सुविधा प्राप्त गर्ने ऋणीसँग घरेलु तथा साना उद्यम तथा साधारण पुनरकर्जामा ७ प्रतिशत र विशेष पुनरकर्जामा ५ प्रतिशत ब्याज लिनेछन् । सो बापत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग लघु, घरेलु तथा साना उद्योगका लागि ४ प्रतिशत, साधारण पुनरकर्जाका लागि ५ प्रतिशत र विशेष पुनरकर्जाका लागि २ प्रतिशत ब्याजर लिनेछ । 

    यसअघि राष्ट्र बैंकले लघु घरेलु तथा साना उद्यम र साधारण पुनरकर्जामा बैंकले ५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था गरेको थियो भने विशेष पुनरकर्जाको ब्याजदर ३ प्रतिशत तोकेको थियो । सो बापत बैंकहरुसँग भने लघु, घरेलु तथा साना कर्जाको लागि २ प्रतिशत, साधारण पुनरकर्जाका लागि ३ प्रतिशत र विशेष पुनरकर्जाका लागि १ प्रतिशत ब्याजदर लिने व्यवस्था गरेको थियो ।  


    images

    Logo