काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १९ पैसा कायम गरेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ३८ पैसा रहेको छ ।



