images
images

चन्द्रागिरि नगरपालिका पुनः दुई दिन शिल गर्ने निर्णय


  • 464
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    चन्द्रागिरि नगरपालिका पुनः दुई दिन शिल गर्ने निर्णय

    काठमाडौँ ।  चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन शिल गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेठ ८ गते राति १२ बजेसम्म नगरपालिका शिल गर्ने निर्णय गरेको जानकारी दिए । 

    नगरपालिका शिल भएसँगै बिहान ६ देखि साँझ ५ बजेसम्म सर्वसाधारण सडकमा हिँडडुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ । 

    नयाँ भेरिएन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए । 

    खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई सवस्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्न दिइएको छ । 

    त्यसैगरी पशुपक्षीको दाना, कृषि प्रयोजनका बीउबिजन, कृषि उत्पादन, औषधि उद्योगलगायत फोहरमैला बोक्ने सवारी साधनलाई शिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ । 

    नगरपालिका शिल भएपछि उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा सुरक्षा जाँच कडा पारिएको छ । 

    अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधनबाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ । 

    नगरपालिकाकाले भेरोसिल खोपको दोस्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध गरेको छैन । 

    सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको कार्ड देखाएर तोकिएको खोप केन्द्रसम्म आवतजावत गर्न दिइने नगर प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।


    images

    Logo