काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा कम्पनीलाई आर्इपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले सिवाईसी नेपाल लघुवित्त र रिभर फल्स पावरलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको हो ।
सीवाईसी लघुवित्तले ३ करोड ९५ लाख रुपैयाँ बराबरको ३ लाख ९५ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल रहेको छ ।
यस्तै, रिभर फल्स पावरले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको हो । सो कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
यी दुबै कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको लागि बिहिबार अनुमति दिएको हाे ।


