images
images

एसईई परीक्षाको प्रमाणपत्र मूल्यांकनको आधारमा


  • 661
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    एसईई परीक्षाको प्रमाणपत्र मूल्यांकनको आधारमा

     काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले गएको वैशाख २७ गते सूचना जारी गर्दै अर्को सूचना नआएसम्म कक्षा–१० र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो ।

    राष्ट्रिय परीक्षा बोर्डका महानिर्देशक वैकुण्ठप्रसाद अर्याल संयोजकत्वको कार्यदलले समयमै परीक्षा गराउन बिहीबार भर्चुअल छलफल थालेका थिए । परीक्षा गराउन सकिने वैकल्पिक मोडेलका बारेमा छलफल गरिएको थियो ।

    यसपटक कक्षा–८ र ९ लाई पनि मूल्यांकनको आधार बनाउने र १० को पढाइ न्यूनतम सिकाइ पुगेको अवस्थामा पढाउने शिक्षकले नै मूल्यांकन गरेर प्रमाणपत्र दिनेबारेमा छलफल भएको नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले जानकारी दिए ।

    कक्षा–१२ को हकमा अन्तर्राष्ट्रिय मान्यता चाहिने हुँदा हतार नगरी परीक्षा लिने र साउनको क्यालेन्डर बनाउने विषयमा छलफल भएको उनले बताए ।

    स्थिति भयावह रहे प्रश्न इमेलबाट पठाउने, घरमै बसेर लेख्ने, कुनै निश्चित समयमा उत्तर पठाउने र उत्तरपुस्तिका शिक्षकले नै जाँच्नेजस्ता विकल्पमा छलफल चलेको उनले जानकारी दिए । 

    नयाँ संविधान जारी भएपछि विद्यालय सिकाइलाई दुई चरणमा बाँडिएको छ । कक्षा–८ सम्म एउटा र ९ देखि १२ सम्म अर्को तहमा राखिएको छ । 

    यो संरचनाअनुसार कक्षा–१० को राष्ट्रिय परीक्षा खारेज हुनुपर्ने सरोकारवालाको मत छ । तर, कानुन संशोधन नगरी अझै सरकारले एसईईलाई केन्द्रितकृत गरी राष्ट्रिय परीक्षा बनाउनु स्थानीय तहको अधिकार खोसिएको अध्यक्ष भण्डारीको आरोप  छ ।

     


    images

    Logo