काठमाडौं । निर्जीवन बीमा कम्पनीले नरुचाएको लघुबीमा खोल्नका लागि बीमा समितिले छुट्टै बीमा कम्पनी खोल्ने निर्णय गरेको छ । समितिले प्रत्येक प्रदेशमा २/२ वटा लघुबीमा कम्पनी खोल्नको लागि अनुमति दिने निर्णय गरेको हो ।
यसअघि समितिको अध्ययनले बीमा कम्पनीको लागि अध्ययन गरेको थियो । सो अध्ययनमा बीमा समिति, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनीका प्रतिनिधि सहभागी थिए । सो अध्ययनले निर्जीवन बीमा कम्पनीले लघुबीमाको काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै छुट्टै कम्पनीको लाइसेन्स दिन सिफारिस गरेको थियो ।
अब अहिले सञ्चालित बीमा कम्पनीकै सहायक कम्पनीको रुपमा ती कम्पनीलाई लाइसेन्स दिने समितिको तयारी छ ।