काठमाडौं । आज ३ वटा कम्पनीको साधारणसभा हुँदै छ । शुक्रबार नेशनल हाइड्रोपावर कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स र सिउरी न्यादी पावरले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट १८.५२५ तिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशतनगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । साथै कम्पनीकोे ५० प्रतिशत हकप्रद शेयर पनि जारि गर्ने एजेण्डा रहेको छ ।
त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले लगानीकर्ताको हात खाली बनाएको छ । यस कम्पनीले यसै वर्ष आईपीओ जारी गरेका हुनाले यसले लगानीकर्तालाई कुनै लाभांस दिएको छैन ।
यस्तै सिउरी न्यादी पावरको पनि आजै साधारणसभा रहेको छ । यस कम्पनीले पनि लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले कुनै लाधांश दिएको छैन ।


