images
images

अधिवक्ताहरु राष्ट्रपतिविरुद्ध रिट लिएर सर्वोच्च अदालतमा 


  • 301
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    अधिवक्ताहरु राष्ट्रपतिविरुद्ध रिट लिएर सर्वोच्च अदालतमा 

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेका थिए ।

    सोहि आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । 

    अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र ज‍ोशी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । 

    प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएको भन्दै उनको आलोचना भइरहेको छ ।

    संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरू नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ ९५० बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक कदम मानिएको छ ।


    images

    Logo