images
images

आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन आज बन्द हुँदै


  • 569
    SHARES
  • २०७८ चैत्र १३ गते आइतबार

    आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन आज बन्द हुँदै

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन आज बन्द हुँदैछ । सो कम्पनीले  १०ः४  बराबरको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । उक्त हकप्रदमा आज साँझ ५ दजेसम्म आवेदन दिन सकिनेछ ।

    कम्पनीले ४६ करोड ३० लाख रुपैयाँ बराबरको ४६ लाख ३० हजार कित्ता हकप्रद शेयरका लागि फागुन २२ गतेबाट आवेदन खुल्ला गरेको थियो । सो हकप्रद बिक्री प्रबन्धकमा  ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

    गत माघ २८ गतेसम्म दोस्रो बजारमा शेयर कायम भएका शेयरधनीहरुले उक्त हकप्रद शेयर आवेदन दिन लागि योग्य हुनेछन् । यो हकप्रदमा सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

     


    images

    Logo