काठमाडौं । २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार नेप्सेमा सुचीकृत हुने कम्पनीमा सबैको लघुवित्त र एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सबैको लघुवित्त वित्तीय संस्थाको ३१.०५ प्रतिशत बोनस बराबरको ६ लाख ३९ हजार ७ सय २७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस बराबरको ५२ लाख ९० हजार ७ सय ४२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
यी दुई कम्पनीको शेयर सुचीकृतसगैँ दोस्रो बजारमा कारोवारका लागि योग्य हुनेछ ।


