काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ २२ पैसा कायम गरेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ २३ पैसा रहेको छ ।


