काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विद्युत प्राधिकरणलाई आवश्यक पर्दा जुनसुकै बेलापनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने भएको छ ।
४ सय ५६ मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजनाले रातमा पानी जम्मा गरेर बिहान र बेलुकाको पिक समयमा ४ सय ५६ मेगावाट विद्युत उत्पादन गर्दै आएको थियो ।तर अहिले भारतबाट आउने बिजुली निकै महँगो भएको र भारतमै पनि ऊर्जा संकटको स्थिती रहेकोले नेपाल तर्फको निर्यातमा भारतले बेला बेला रोक लगाउने गरेको छ ।
त्यसै कारण प्राधिकरणले राष्ट्रिय गौरबको माथिल्लो तामाकोशीलाई आवश्यक परेको बेला अन्य समयमा पनि उपयोगमा ल्याउन लागेको हो ।आयोजनाले आइथवार एक सूचना जारी गर्दै नदीमा छिनछिनमै पानीको बहाब तल माथी हुन सक्ने भएकाले नदीमा जाँदा सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यतिबेला जलविद्युत केन्द्रको सिस्नेरीस्थित टेलरेस आउटलेटबाट अधिकतम ६६ घनमिटर प्रति सेकेण्डका दरले पानी निस्केर तामाकोशी नदीको बहावमा अचानक बढ्ने तथा पिक आवरपश्चात् पुनस् बहाव घट्न सक्ने आयोजनाले जारी गरेको सूुचनामा उल्लेख छ ।
तामाकोशी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने जगत, टुनीटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह क्रमशस् बढ्दै जाने र पछि पुनस् घट्ने चक्र हुने कम्पनीको भनाइ छ ।
तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरू सकेसम्म नगर्नरनगराउनु हुन तथा नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार गर्दा वा नदीबाट गिट्टीबालुवा निकाल्नुपर्दा वा धार्मिक संस्कार वा अन्य कुनै प्रयोजनको लागि अन्य आवश्यक कार्यहरू गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक र सावधानीका साथ ती कार्यहरू गर्न समेत आयोजनाले सम्बन्धित सबैमा अनुरोध गरेको छ।


