images
images

सुनचाँदीमा राष्ट्र बैंकको लगानी बढ्यो, बजारमा ६३० अर्बको नोट चलनचल्तीमा 


  • 730
    SHARES
  • २०७८ चैत्र १४ गते सोमबार

    सुनचाँदीमा राष्ट्र बैंकको लगानी बढ्यो, बजारमा ६३० अर्बको नोट चलनचल्तीमा 

    काठमाडौं । एक महिनामा नेपाल राष्ट्र बैंकमा सुनचाँदीमा लगानी गर्ने रकम ६ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकको सुनचाँदीमा लगानी गर्ने रकम ९१ अर्ब ४८ करोड रुपैयाँ रहेको हो । 

    माघ मसान्तसम्म नेपाल राष्ट्र बैंकले सुनचाँदीमा गर्ने रकम ८५ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । सो रकम फागुन मसान्तमा ६ अर्ब रुपैयाँले बढेर ९१ अर्ब ४८ करोड रुपैयाँ पुगेकोे छ । 

    राष्ट्र बैंकले माघ मसान्तमा  ६ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको जनाएको थियो । फागुन मसान्तमा यो रकम १ अर्बले घटेर रहेको ६ खर्ब ३० अर्ब रुपैयाँ रुपैयामाँ झरेको छ । यो रकम बैंक, निजी क्षेत्र र आम जनतासँग कायम रहेको रकम हो । 

     


    images

    Logo