काठमाडौं । चैत महिनाको दोस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार चैत दोस्रो साता बैंकहरुको निक्षेप सो परिणाममा बढेको हो ।
संघका अनुसार चैत पहिलो सातामा बैंकहरुको निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो । दोस्रो साता सो रकम २ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ३० अर्ब रुपैयाँमा पुगेको छ । फागुन मसान्तमा बैंकहरुको सो निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो ।
त्यस्तै, चैत दोस्रो सातामा बैंकहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेको छ । बैंकहरुको दोस्रो साता कर्जा लगानी ४१ खर्ब ७० अर्ब रहेको छ । पहिलो साता ४१ अर्ब ६८ अर्ब रुपैयाँ रहेको कर्जा लगानी दोस्रो साता २ अर्बले बढेर ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको हो । फागुन मसान्तमा यो रकम ४१ अर्ब ७२ अर्ब रुपैयाँ रहेको थियो ।


