काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि बहुमत जुटाएर फेरि प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताएका छन् ।
बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले आफूसँग १ सय २१ मत रहेको भन्दै अरु पार्टीसँग छलफल गरेर समर्थन जुटाएर पुनः प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताएका हुन् ।
उनले अन्य दललाई चेतावनाी दिँदै आफूलाई बहुमत जुट्नेगरी समर्थन गर्न समेत आग्रह समेत गरे ।