images
images

नविल बैंक सहित ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 773
    SHARES
  • २०७८ चैत्र १५ गते मंगलबार

    नविल बैंक सहित ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । आज ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार नेप्सेमा सुचीकृत हुने कम्पनीमा नविल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त रहेको छ । 

    नविल बैंकको ३३.६० प्रतिशत बोनस बराबरको ४ करोड ६५ लाख १७ हजार ३ सय ५५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको १२ प्रतिशत बोनस शेयर बराबरको ९ लाख ७३ हजार ३ सय ४५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।  

    त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३२.३० प्रतिशत बोनस बराबरको २ लाख ९७ हजार ३ सय २१ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यी तीन कम्पनीको शेयर सुचीकृतसगैँ दोस्रो बजारमा कारोवारका लागि योग्य हुनेछ । 


    images

    Logo