images
images

चैतभित्र ११ कम्पनीको साधारणसभा हुँदै, कसका कस्ता छन् एजेन्डा र ?


  • 731
    SHARES
  • २०७८ चैत्र १७ गते बिहीबार

    चैतभित्र ११ कम्पनीको साधारणसभा हुँदै, कसका कस्ता छन् एजेन्डा र ?

    काठमाडौं । चैतभित्र ११ कम्पनीले साधारणसभा गर्ने भएका छन् । हालसम्म ११ वटा कम्पनीहरुले साधारण सभाका लागि मिति तोकेका हुन् ।

    साधारण सभा बोलाउने कम्पनीहरु गरिमा विकास बैंक, एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सामलिङ्ग पावर, नेपाल टेलिकम, जीवन बिकास लघुवित्त, आरम्भ चौतारी लघुवित्त, तारागाँउ रिजेन्सी होटल, सिद्धार्थ इस्योरेन्स र , सिटिजन्स लाइफ इन्स्योरेन्स, साल्ट ट्रेडिङ कर्पोरेशन रहेका छन् । 

    सभा बोलाएका कम्पनीमध्ये ३ वटा कम्पनीले लगानीकर्ताको हात खाली बनाएका छन् । बाँकी कम्पनीले लाभांश दिने भएका छन् ।

    त्यस्तै, गरिमा विकास बैंकले आउँदो चैत १८ गते साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको थियो । साधारण सभा प्रयोजनका लागि बैंकले चैत ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । 

    त्यस्तै,सिटिजन्स लाइफ इन्स्योरेन्सले चैत ११ गते चौंथो वार्षिक साधारण सभा गर्ने भएको छ । यो कम्पनीले लगानीकर्ताको हात खालि बनाएको छ । उक्त, एनआईसी एसिया बैंकले  चैत २० गते वार्षिक साधारण सभा बोलाएको छ । 


    त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले चैत २१ गते सभा बोलाएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०‍‍.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । भने सामलिङ्ग पावर कम्पनीले आउँदो चैत २१ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको हो । यो कम्पनीले यसै वर्ष आईपीओ जारी गरेकाले यस कम्पनीले लगानीकर्तालाई कुनै पनि लाभांश दिएकाे छैन । 

    त्यस्तै, नेपाल टेलिकमले चैत २४ गते सभा गर्ने भएको छ । यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएकाे छ ।साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ । 

    जीवन विकास लघुवित्त वित्तीय संस्थाले चैत २५ गते तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र करसहित ३प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ

    त्यस्तै, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

    तारागाउँ रिजेन्सी होटलको फागुन २० गते बसेको संचालन समितिको बैठकले २५औं साधारण सभा चैत २७ गते गर्ने निर्णय गरेको छ । भने सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २०औं वार्षिक साधारण सभा आउँदो चैत ३० गते गर्ने भएको छ । सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०‍.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

    साल्ट ट्रेडिङ कर्पोरेशनले ५५औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ ।यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसले  चैत १५ गते देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।


    images

    Logo