images
images

फागुनमा निर्जीवन बीमा कम्पनीले संकलन गरे साढे ३ अर्ब बीमाशुल्क


  • 440
    SHARES
  • २०७८ चैत्र २० गते आइतबार

    फागुनमा निर्जीवन बीमा कम्पनीले संकलन गरे साढे ३ अर्ब बीमाशुल्क

    काठमाडौं । आर्थिक वर्षको फागुन महिनामा निर्जीवन बीमा कम्पनीले ३ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । फागुन महिनामा संञ्चालन रहेका २० निर्जीवन बीमा कम्पनीले २ लाख ३८ हजार बीमालेखबाट सो बराबरको रकम संकलन गरेका हुन् ।

    बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार २० निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १९ लाख ३९ हजार बीमालेख बाट कुल २१ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् 

    समितिकाे तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ उक्त कम्पनीले फागुन महिनामा ३ हजार ७ सय २७ बीमालेख बाट ५५ करोड २५ लाख रुपैयाँको  बीमाशुल्क संकलन गरेको छ । 

    त्यस्तै दोस्रो धेरै संकलन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ उक्त कम्पनीले १९ हजार ६ सय ६४ बीमालेख बाट ३३ करोड ७४ लाख रुपैयाँ  बीमाशुल्क संकलन गरेको छ । त्यस्तै फागुन महिनामा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । जसले यस महिनामा २ हजार २ सय ५० बीमालेखबाट ४ करोड ९१ लाख बीमाशुल्क संकलन गरेको समितिले जनाएकाे छ । 


    images

    Logo