काठमाडौं । आज २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार नेप्सेमा रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनस शेयर बापतको १३ लाख ७३ हजार ४ सय ८६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । त्यस्तै, नेपाल हाइड्रो डेभलोपरको ७ प्रतिशत बोनस शेयर बापतको २ लाख ९ हजार ३ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सुचीकरणसँगै २ कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका गर्न योग्य भएको छ ।


