images
images

आज २ कम्पनीको साधारणसभा हुँदै, कस्काे के छ एजेण्डा ?


  • 667
    SHARES
  • २०७८ चैत्र २१ गते सोमबार

    आज २ कम्पनीको साधारणसभा हुँदै, कस्काे के छ एजेण्डा ?

    काठमाडौं । आज २ वटा कम्पनीको साधारणसभा हुँदैछ । सोमबार नेपाल लाइफ इन्स्योरेन्स र  सामलिङ्ग पावर कम्पनीले साधारण सभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।

    सो साधारणसभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह क बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । उक्त साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरेको थियो । 

    त्यस्तै, सामलिङ्ग पावर कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । यस कम्पनीले यसै वर्ष आईपीओ जारी गरेका हुनाले यसले लगानीकर्तालाई कुनै लाभांस दिएको छैन । कम्पनीको आज हुने साधारणसभामा सञ्चालक समितिको कायम संख्या ११ बाट घटाई ७ जना कायम गर्ने एजेण्डा रहेको छ ।

    साथै सर्वसाधारण शेयरधनी समुह ख बाट १ जना तथा समुह ग बाट १ जना सञ्चालकको निर्वाचन समेत उक्त साधारणसभाले गर्ने भएको छ । उक्त साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरेको थियो ।


    images

    Logo