काठमाडौं । जीवन बीमालेखको संख्या ३६.५४ प्रतिशतले बढेको छ । बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार जीवन बीमालेखको संख्या फागुन मसान्तसम्ममा १ करोढ ११ लाख पुगेको छ ।
जुन गत वर्षको तुलनामा ३६.५४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा जीवन बीमालेखको संख्या ८१ लाख ८७ हजार रहेको थियो । सो संख्या म्यादी र वैदेशिक जीवन बीमालेख बाहेकको रहेको छ ।
त्यस्तै, समितिको तथ्यांक अनुसार फागुन महिनामा जीवन बीमालेख शुल्क संकलन ९२ अर्ब २० करोड नाघेको छ । गत वर्ष यस्तो रकम ८२ अर्ब २० करोड रुपैयाँर हेको थियो । यो गत वर्षको तुलनामा १२.१७ प्रतिशतले बढी हो । फागुन मसान्तसम्मा जीवन बीमा र निर्जीवन बीमाको कुल बीमाशुल्क संकलन १ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा १४.७५ प्रतिशतले वृद्धी भएको हो ।
समितिको तथ्यांक अनुसार फागुन सम्ममा बीमाको पहुँच ३५.४४ प्रतिशत जनसंख्यामा पुगेको छ । सो संख्या म्यादी र वैदेशिक जीवन बीमालेख सहितको रहेको छ । हालसम्म बीमा कम्पनीको ३ हजार ३ सय २९ कार्यलयहरु रहेका छन् । गत वर्ष


