images
images

७ अर्बको कार्यक्रम, ५१ हजारलाई रोजगारी


  • 443
    SHARES
  • २०७८ चैत्र २२ गते मंगलबार

    ७ अर्बको कार्यक्रम, ५१ हजारलाई रोजगारी

    काठमाडौं । विवादका बीच प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत चालू आर्थिक वर्षको हालसम्म ७ अर्ब १३ करोड रुपैयाँ बराबरका रोजगारमूलक परियोजना सञ्चालन भएका छन् । 

    सरकारले चालू आर्थिक वर्षका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न १२ अर्ब रुपैयाँ विनियोजन गरेकोमा ७ अर्बमा १७ हजार १६३ परियोजना सञ्चालन गरेर ३१ लाख ६२ हजार कार्य दिनको रोजगारी सिर्जना गरिएको कार्यक्रमले जानकारी दिएको छ। 

    प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले हाल देशभरका ६ सय ८३  स्थानीय तहले रोजगारमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले हालसम्म औषत सय दिनको रोजगारी पाउने बेरोजगारको सङ्ख्या ५१ हजार रहेको जानकारी दिए । 

    यस बाहेक हाल सञ्चालन भइरहेको रोजगारमूलक कार्यक्रममा सहभागीको सङ्ख्या भने बढी हुने मन्त्रालयले जनाएको छ। सरकारले चालू आर्थिक वर्षमा २ लाख बेरोजगारलाई औसत सय दिने रोजगारी दिने लक्ष्य राखेको भए पनि हालसम्म औसत १२ दिन रोजगारी दिएको देखिन्छ । 

    हाल देशभर लाख ७० हजार २ सय पुरुष र ३ लाख ३५ हजार ५ सय ५२ सहित ७ लाख ८ हजार ४५ बेरोजगारले रोजगारीको माग गर्दै बेरोजगार सूचीमा नाम दर्ता गराएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। 


    images

    Logo