काठमाडौं । जीवन बीमाको पहुँच ३५.४४ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन बीमाको पहुँच उक्त परिणाममा पुगेको हो ।
फागुन मसान्तसम्मा म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरा ३५.४४ प्रतिशत जनसंख्यामा पुगेको हो । गत वर्षको यसै समयमा बीमाको दायरामा आएको जनसंख्या २६.३० प्रतिशत रहेकाे थियो ।
समितिको तथ्यांक अनुसार नेपालको जनसंख्या ३ करोड ८९ हजार ४२ जना रहेका छन् । त्यसमध्ये १ करोड ६ लाख ६३ हजार ३ सय जना बीमाको दायरामा रहेको समितिको जनाएको छ । यो म्यादी र बैदेशिक रोजगारीमा जानेले गराएको बीमा सहितको तथ्यांक हो ।
५ प्रतिशत घटाएर लिएको म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ८७ लाख ७७ हजार ८ सय ३३ जनामा बीमाको पहुँच पुगेको छ । भने ५ प्रतिशत घटाएर लिएको म्यादी जीवन बीमालेख सहित ९८ लाख ११ हजार ९ सय ९३ जनामा बीमाको पहुँच पुगेको छ समितिले जनाएको छ ।
म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखबाहेक बीमाको दायरामा आएको जनसंख्या २९.१७ प्रतिशत रहेको छ । म्यादी जीवन बीमालेख सहित भने ३२.६१ प्रतिशतमा बीमाको दायरा विस्तार भएको बीमा समितिले जनाएको छ ।


