काठमाडौं । चैतको तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेपमा १ अर्ब मात्रै वृद्धि भएको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरुको निक्षेप एक सातामा १ अर्ब रुपैयाले मात्रै बढेको छ । गत साताको तुलनामा यो साता १ अर्ब रुपैयाँले बढेको हो ।
संघका अनुसार दोस्रो साता बैंकको निक्षेप ४३ खर्ब ३० अर्ब रुपैयाँ रहेको थियो उक्त निक्षेप यस सातामा १ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ३१ अर्ब रुपैयाँमा पुगेको छ ।
यस्तै, यो साता बैंकको कर्जा लगानी भने ५ अर्ब रुपैयाँले बढेको छ । गत साता बैंकको कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो । सो रकम यस साता ५ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।