काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्त कुमार पाण्डे नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगको महाप्रबन्धकका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । उक्त ३ जनामध्ये मन्त्रिपरिषदले आज पाण्डेलाई नियुक्त गरेको हो ।