images
images

अपि पावर कम्पनीको हकप्रदमा आजदेखि आवेदन दिन सकिने


  • 690
    SHARES
  • २०७८ चैत्र २५ गते शुक्रबार

    अपि पावर कम्पनीको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर आज देखि निष्कासन गरेको छ । सो कम्पनीकको १ः०‍‍‍.३९३६२९२६ अनुपातको दरले हुन आउने हकप्रद शेयर निष्काशन गरेको हो । 

    कम्पनीले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर जारी गरेको छ । उक्त हकप्रद शेयर छिटोमा वैशाख १५ गते बन्द हुनेछ । 

    चैत १३ गतेसम्म दोस्रो बजारमा शेयर कायम भएकाहरु शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयर निष्कासनमा आवेदन दिन सक्नेछन् । 

    हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट समेत आवेदन दिनसक्ने जनाइएको छ । उक्त हकप्रद निष्काशन बिक्रि प्रबन्धकमा  मुक्तिनाथ क्यापिटल रहेको छ ।


    images

    Logo