काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ ) अनुपमा खुन्जेलीले राजिनामा दिएकी छिन् ।
उनको ४ वर्षे कार्यकाल चैत मसान्तमा सकिने भएको छ । बैंकको सञ्चालक समितिले उनकाे कार्यकाल नथप्ने भएपछि खुन्जेलीले राजिनामा दिएकी हुन् ।
उनी ४ वर्ष अगाडि मेगा बैंकको सीईओमा नियुक्त भएकी थिइन् । वाणिज्य बैंकहरुमा खुन्जेली पहिलो महिला सीईओमा रहेकी छिन् ।