images
images

लगातार बढ्दैछ बैंकहरुको निक्षेप, एकैदिन ९ अर्बले बढ्यो, कर्जा लगानी कति ?


  • 613
    SHARES
  • २०७८ चैत्र २५ गते शुक्रबार

    लगातार बढ्दैछ बैंकहरुको निक्षेप, एकैदिन ९ अर्बले बढ्यो, कर्जा लगानी कति ?

    काठमाडौं । आजभोली बैंकहरुको निक्षेप लगातार बढ्दै गइरहेको छ । चैत ३२ गते बैंकहरुको निक्षेप एकैदिन ९ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकको विवरण अनुसार २३ गते सो संख्यामा निक्षेप बढेको हो । 

    चैत २२ गते बैंकहरुको निक्षेप ४९ खर्ब १५ अर्ब रुपैयाँ रहेको सो निक्षेप २३ गते एकैदिन ९ अर्ब रुपैयाँले बढेर ४९ खर्ब २४ अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । चैत २२ मा वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ४३ अर्ब रहेकोमा सो निक्षेप चैत २० गते एकैदिन ८ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । 

    अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप पनि चैत २३ गते २ अर्ब रुपैयाँले बढेको छ । चैत २२ गते ५ खर्ब ७२ अर्ब रहेको निक्षेप २३ गते २ अर्ब रुपैयाँले बढेर ५ खर्ब ७४ अर्ब रुपैयाँमा पुगेको छ । 

    बैंकहरुको निक्षेप ९ अर्बले बढ्दा पनि कर्जा लगानीमा भने स्थिर रहेको छ । चैत २३ गते बैंकहरुको कर्जा लगानी ७२ खर्ब २ अर्ब रुपैयाँमा सिमित रहेको छ । 

    चैत २३ मा बैंकहरुको सीडी रेसियो घटेको छ । २२ गते ९०.५८ प्रतिशत रहेको सीडी रेसियो २३ मा घटेर ९०.४४ प्रतिशतमा रहेको छ । 

    चैत २३ गते बैंकशरुको अन्तरबैंक व्याजदर पनि घटेको छ । २३ गते अन्तरबैंक व्याजदर ६.९९ प्रतिशत रहेको छ ।


    images

    Logo