images
images

महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त


  • 467
    SHARES
  • २०७८ चैत्र २९ गते मंगलबार

    महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त

    नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थीलाई महासंघको महानिर्देशक पदमा नियुक्त गरिएको छ । महासंघको चैत्र २७ गते सम्पन्न कार्यकारिणी समितिको नवौं बैठकले अवस्थीलाई महासंघको रिक्त महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका महानिर्देशक अवस्थीले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन‍् । 

    अर्थतन्त्र, निजी क्षेत्र, दिगो विकासलगायत मामिलामा जानकार महानिर्देशक अवस्थी यस अघि नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष र कान्तिपुर राष्ट्रिय दैनिकमा आर्थिक सम्पादक थिए । करिब दुई दशक भन्दा बढी आर्थिक पत्रकारिता गर्नुभएका महानिर्देशक अवस्थीसंग संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको सल्लाहकारका रूपमा काम गरेको अनुभव समेत छ ।

    नवनियुक्त महानिर्देशक अवस्थीसँग उद्योग, वाणिज्य सहित समग्र निजी क्षेत्रका विषयमा पनि निकै राम्रो अनुुभव रहेको छ । महानिर्देशक अवस्थीको यो अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रकातर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने विश्वास महासंघको छ । 


    images

    Logo