काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपानेले नियुक्त भएका छन् । बुधबार बसेको बैठकले न्यौपानेलाई सीईओमा नियुक्त गरेको हो ।
बैंकले वैशाख २ गतेबाट लागु हुनेगरि न्यौपानेलाई सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ । यस अघि बैंकको सीईओमा तुलसीराम गौतम रहेका थिए । उनले असार २० गते राजीनामा दिएका थिए ।