काठमाडौं । सरकारले सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरिएको हो ।
उमेर हदका कारण केसीको कार्यकाल समय २१ दिनको मात्र हुनेछ । उमेर हदका कारण वैशाख १९ मा उनले अवकास पाउनेछन् । त्यसपछि फेरि नयाँ चयन गर्नुपर्ने हुन्छ ।