images
images

'पुँजी वृद्धि योजना मर्जर गराउन मात्रै ल्याइएको होइन'


  • 510
    SHARES
  • २०७८ चैत्र ३० गते बुधबार

    'पुँजी वृद्धि योजना मर्जर गराउन मात्रै ल्याइएको होइन'

    काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले  बीमा कम्पनीको पुँजी वृद्धि मर्जर गराउने उद्देश्यले मात्रै नआएको प्रष्ट पारेका छन् । नयाँ वर्षको अवसरमा बीमा कम्पनीका सीईओसँगको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बीमा कम्पनीहरुको जोखिम बहन गर्ने क्षमता र कार्यक्षेत्र बढाउनु पुँजी वृद्धिको प्रमुख कारण रहेको बताए । यो निर्णयले बीमा क्षेत्रमा जनताको विश्वास बढ्दै जाने समेत उनको दाबी छ । 

    सिलवालले बीमा कम्पनीसँग ३० दिनभित्र पूँजी वृद्धिको योजना मागेको भन्दै सो समयभित्र योजना आउने विश्वास व्यक्त गरे। उनले कुर्नै पनि रुपमा सम्पनीहरुले तोकिएको समयमा तोकिएको  पूँजी कायम गर्नुपर्ने भन्दै अन्यथा फोर्स मर्जरमा लगिने बताए । 

    कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री र जीवन बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बीमा समितिका निर्देशक निर्मल अधिकारी, कमलप्रसाद रेग्मी तथा दिनेश कुमार लाल, बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र बीमा समितिका कर्मचारीको उपस्थित थिए । 


    images

    Logo