काठमाडौं । मेगा बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामुसीईओ) मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छिन् । उनी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत हुन्।
प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेली ४ बर्षे कार्यकाल पुरा हुनु केही दिनअघि राजीनामा गरेर बाहिरिएपछि अर्को ब्यवस्था नहुञ्जेलसम्मलाई श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो। चैत ३ गते बुधवार बसेको बैंकको संचालक समितिको बैठकले श्रेष्ठलाई कामु सिईओको जिम्मेवारी प्रदान गरेको हो ।


