images
images

३३ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 374
    SHARES
  • २०७९ बैशाख ४ गते आइतबार

    ३३ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३३ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आइतबार सुचना जारी गर्दै क,ख,र ग वर्गाका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा सो परिणममा लगानी गर्न लागेको हो । 

    राष्ट्र बैंकले क वर्गाको वाणिज्य बैंकमा २६ करोड ४ लाख ख वर्गको विकास बैंकमा ४ करोड ९५ लाख र ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड ६५ लाख रुपैयाँ निक्षेपमा लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजत प्राप्त बैंक तथा वित्त कम्पनीहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई वैशाख ६ गते कार्यलय समय भित्र जानकारी गराउनु राष्ट्र बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६५ दिनको हुनेछ । 


    images

    Logo