images
images

फर्स्ट माइक्रोफाइनान्सको नाफा ४६ प्रतिशतले बढ्दा इपीएस कति ?


  • 594
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    फर्स्ट माइक्रोफाइनान्सको नाफा ४६ प्रतिशतले बढ्दा इपीएस कति ?

    काठमाडों । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको चालु आर्थिक बर्षको तेस्रो त्रैमास बित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा लघुवित्तको खुद नाफा ४६.४४ प्रतिशतले बढ्दा १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यस अवधिमा ११ करोड ३४ लाख ४५ हजार खुद नाफा कमाएको थियो । 

    खुद ब्याज आम्दानी ६०.१४ प्रतिशतले बढेर ३० करोड ७१ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले १९ करोड १७ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  

    चैत मसान्तसम्म आइपुग्दा माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७२ पैसाले बढेर २२ रुपैयाँ ९७ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २५ पैसा थियो । प्रतिसेयर नेटवर्थ १ सय ३३ रुपैयाँ ८४ पैसा छ । 


    images

    Logo