काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा ७७ प्रतिशतले बढेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म सो बैंकको नाफा ७६.९८ प्रतिशतले बढेर ६९.५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ४०.३६ करोड रुपैयाँ थियो ।
बैंकको निक्षेप ८.२१ प्रतिशतले बढेर ४१.७७ अर्ब र कर्जा २६.५१ प्रतिशतले बढेर ३८.०८ अर्ब पुगेको छ । ४.०१ अर्ब पुँजी भएको बैंकको रिजर्भको आकार २।२४ अर्ब रहेको छ । बैंकले कमाएको नाफा पुँजीको आधारमा प्रतिशेयर २३.७४ रुपैयाँ हो ।
बैंकले निष्क्रिय कर्जा अनुपात, सीडी रेसियो लगायतमा उल्लेख्य सुधार गरेको छ । बजार ब्याजदर बढ्दा आधारदर भने बढेर १० प्रतिशत भन्दा माथि पुगेको छ ।