images
images

किन घट्यो नबिल बैंकको नाफा ? 


  • 829
    SHARES
  • २०७९ बैशाख ६ गते मंगलबार

    किन घट्यो नबिल बैंकको नाफा ? 

    काठमाडौं । नेपालकै नम्बर वान बैंकको रुपमा रहेको नबिल बैंकको नाफा घटेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म सो बैंकको नाफा ३ अर्ब ३५ करोडा सीमित भएको हो । प्रतिशतले बढेर ६९.५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ६७ करोड रुपैयाँ थियो ।  

    नाफा घटे पनि बैंकको निक्षेप र कर्जाको आकार भने बढेको छ । बैंकको निक्षेप २ खर्ब २३ अर्बबाट बढेर २ खर्ब ३४ अर्ब पुग्दा कर्जा १ खर्ब ९८ अर्बबाट बढेर २ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । 

    यो वर्ष ३३ प्रतिशत बोनस शेयर दिएर १८.४९ अर्ब चुक्ता पुँजी पुर्याएको बैंकले कमाएको यो नाफा प्रतिशेयर २४.३९ रुपैयाँ हो । 

    यसपटक बैंकको नाफा घट्नुको पछाडि इम्पेरिमेन्ट चार्जमा छुट्याउनुपर्ने रकम मुख्य कारण रहेको छ । बैंकले यो अवधिमा यो शीर्षकमा झन्डै ६१ करोड रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष यो शीर्षमा २१ करोड रुपैयाँ फिर्ता भएको थियो । त्यसबाहेक बैंकको कर्मचारी र अन्य सञ्चालन खर्चमा समेत सामान्य वृद्धि भएको छ । 

    यो वर्ष बैंकको निष्क्रिय कर्जा अनुपात बढेर १.१४ प्रतिशत पुगेको छ । यही कारण बैंकले इम्पेरिमेन्ट चार्जमा धेरै रकम छुट्याउनु परेको हो । बैंकको वितरणयोग्य नाफा २ अर्ब १६ करोड रहेको छ ।


    images

    Logo