काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलकाे ७ लाख ३९ हजार कित्ता शेयर विक्री गरिने भएको छ । करुणा सिंह मल्लका नाममा रहेको ७ लाख ३९ हजार४ सय २१ कित्ता शेयर बिक्रीका लागि आज देखि खुला गरिएको हो ।
सो शेयरको न्युनतम बिक्री मुल्य १ सय ४५ रुपैयाँ तोकेको छ । बैंकले आजको ३५ दिन भित्रमा संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय, नारायणहिटी पथमा निवेदन दिन समेत आग्रह गरेको छ ।
सो समयमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी रहेको शेयर सर्वासाधारणलाई विक्री गर्ने बैंकले जनाएको छ ।