images
images

निरन्तर घट्दैछ बैंकहरुको निक्षेप, ३ दिनमा २५ अर्बले घट्यो, कर्जा लगानी कति ?


  • 497
    SHARES
  • २०७९ बैशाख ६ गते मंगलबार

    निरन्तर घट्दैछ बैंकहरुको निक्षेप, ३ दिनमा २५ अर्बले घट्यो, कर्जा लगानी कति ?

    काठमाडौं । बैंकहरुको निक्षेप निरन्तर रुपमा ओरालो लग्दैछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरुको निक्षेप ३ दिन मै २५ अर्ब रुपैयाँले घटेको हो । 

    राष्ट्र बैंकका अनुसार वैशाख १ गते ४९ खर्ब ७७ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख ४ गते एकैचोटि २५ अर्ब रुपैयाँले घटेर ४९ खर्ब ५२ अर्ब रुपैयाँका झरेको छ । वाणिज्य बैंकको निक्षेप पनि घट्दो क्रममा रहेको छ । वैशाख १ गते ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख ४ गते एकैचोटि २१ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ६८ अर्ब रुपैयाँमा सिमित हुन पुगेको छ । 

    त्यसैगरि सो समयमा अन्य बैंक तथा वित्तीय क्षेत्रको निक्षेपमा पनि कमि आएको छ । वैशाख १ गते ५ खर्ब ८८ अर्ब रुपैयाँ रहेको निक्षेप ४ गते हुँदा ४ अर्ब रुपैयाँले घटेर ५ खर्ब ८४ अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै बैंकहरुको कर्जा लगानीमा पनि ५ अर्ब रुपैयाँले कमि आएको छ । वैशाख १ गते ४७ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी रहेकोमा वैशाख ४ गते हुदाँ ५ अर्ब रुपैयाँले घटेर ४७ खर्ब २२ अर्बरुपैयाँमा रहेको छ । 

    वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले घटेको छ । १ गते ४१ खर्ब ९५ अर्ब रहेको कर्जा लगानी वैशाख ४ मा ५ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९० अर्ब रुपैयाँमा झरेको छ । 

    अन्य बैक तथा वित्तीय क्षेत्रको कर्जा लगानीमा भने १ अर्ब रुपैयाँले कमि आएको छ । २ गते अन्य बैक तथा वित्तीय क्षेत्रको कर्जा लगानी ५ खर्ब ३२ अर्ब रुपैयाँ रहेकोमा ४ गते १ अर्ब रुपैयाँले घटेर ५ खर्ब ३१ अर्ब रुपैयाँमा झरेको छ । 

    वैशाख ४ गते बैंकहरुको सीडी रेसियो पनि बढेको छ । १ गते ९०.०७ प्रतिशत रहेको सीडी रेसियो ४ गते बढेर ९०.४३ प्रतिशतमा पुगेको छ । 


    images

    Logo