images
images

एनसीसी बैंकको नाफा ३५.१० प्रतिशतले बढ्यो


  • 618
    SHARES
  • २०७९ बैशाख ७ गते बुधबार

    एनसीसी बैंकको नाफा ३५.१० प्रतिशतले बढ्यो

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) को नाफा ३५.१० प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको त्तिीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । 

    बैंकका खुद नाफासँगै खुद ब्याज आम्दानी पनि बढेको छ । चैत मसान्तसम्मा बैंकको खुद व्याज आम्दानी २ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । यो गतवर्षको तुलनामा २६.८३ प्रतिशतले बढि हो । गत वर्ष यो रकम वर्ष २ अर्ब १५ अर्ब रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन मुनाफा २३।२६ प्रतिशत बढेको छ। बैंकले चैत मसान्तसम्ममा यो रकम १ अर्ब ९१ करोड रुपैयाँमा पुर्याएको हो । 

    त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। तेस्रो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा बढेर १७ रुपैयाँ ८१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १ सय ४३ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.६९ गुणा रहेको छ।


    images

    Logo