images
images

सेञ्चुरी बैंकको नाफामा छलाङ, १८३.५९ प्रतिशतले बढ्यो नाफा


  • 543
    SHARES
  • २०७९ बैशाख ७ गते बुधबार

    सेञ्चुरी बैंकको नाफामा छलाङ, १८३.५९ प्रतिशतले बढ्यो नाफा

    काठमाडौं । सेञ्चुरी बैंकले आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले नाफामा छलाङ मारेको छ । चैत मसान्तसम्ममा बैंको नाफा १८३.५९ प्रतिशतले बढेको हो । 

    बैंकले चैत मसान्तसम्ममा १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको तुलनामा १८३.५९ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिमा बैंकले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    यस्तै, बैंकको खुद व्याज आम्दानी पनि ११.६६ प्रतिशतले बढेको छ । बैंकले तेस्रो त्रैमाससम्म २ अर्ब १४ करोड १६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवभिमा यो रकम १ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ रहेको थियो । 

    तेस्रो समयमा बैंकको ईपीएस पनि बढेको छ। चैत मसान्तसम्मा बैंकको ईपीएस १४.१७ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ १ सय २४ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ।

    यस्तै, बैंकको जगेडा कोष पनि ३५.१९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा कुल १ अर्ब ३२ करोड ४६ लाख रुपैयाँको जगेडा कोष रहेकोमा तेस्रो त्रैमाससम्म यो रकम १ अर्ब ७९ करोड ८ लाख रुपैयाँ पुगेको छ ।


    images

    Logo