images
images

ग्लोबल आईएमई बैंकको नाफा ३ अर्ब ७२ करोड, अन्य सुचक कस्तो छ ?


  • 395
    SHARES
  • २०७९ बैशाख ७ गते बुधबार

    ग्लोबल आईएमई बैंकको नाफा ३ अर्ब ७२ करोड, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । ग्लोबल आईएई बैंको नाफा ३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चैथ मसान्तसम्मा बैंकको नाफा सो परिणममा बढेको हो । गत वर्ष यहि समयमा बैंकको नाफा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ रहेको थियो । जुन गत वर्षको तुलनामा ४.१३ प्रतिशतले बढी हो । 

    चैत मसान्तसम्ममा बैंकले ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ८.२९ प्रतिशतले बढि हो । गत वर्ष सोहि अवधिमा यस्तो रकम ६ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । 

    त्यस्तै, सञ्चालन नाफामा बैंकले ५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ गरेको छ । बैंकको जगेडा कोषमा ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ रहेको छ । त्यसैगरि बैंकले चैत मसान्तसम्मा २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । 

    बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८८ पैसा रहेको छ भने  बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४५ रुपैयाँ रहेको छ ।


    images

    Logo