images
images

एनएमबी बैंकको नाफा २ अर्ब ६६ करोड, ईपीएस कति ?


  • 529
    SHARES
  • २०७९ बैशाख ७ गते बुधबार

    एनएमबी बैंकको नाफा २ अर्ब ६६ करोड, ईपीएस कति ?

    काठमाडौं । एनएमबी बैंकको नाफा २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ रहेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चैत मसान्तसम्मा बैंकको नाफा सो परिणममा बढेको हो । गतवर्षको तुलनामा यो रकम ५.९१ प्रतिशतले बढि हो । गत वर्ष सोही अवधिमा यस्तो रकम २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ रहेको थियो । 

    चैत मसान्तसम्मा बैंकको खुद व्याज आम्दानी ४ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा यो रकम ४ अर्ब ३० करोड ९० लाख रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा २.७४ प्रतिशतले बढि हो । चैत मसान्तसम्मा बैंकको निक्षेप संकलन १२.४३ प्रतिशतले बढेकाे छ । त्यस्तै कर्जा लगानी १७.४२ प्रतिशतले ले वृद्धि गरेकाे छ ।

    सञ्चालन नाफामा बैंकले ६ अर्ब ३५ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्ष यो रकम ५ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ रहेको थियो । बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३५ पैसा रहेको छ भने  बैंकको प्रतिशेयर नेटवर्थ १ सय ४२ रुपैयाँ २१ पैसा रहेको छ ।


    images

    Logo