images
images

सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्यो ग्लोबल आईएमई, नबिल तेस्रो नम्बरमा 


  • 804
    SHARES
  • २०७९ बैशाख ७ गते बुधबार

    सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्यो ग्लोबल आईएमई, नबिल तेस्रो नम्बरमा 

    काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक मध्ये सबैभन्दा धेरै नाफा कमाउने बैंकमा ग्लोबल आईएमई बैंकरहेको छ । बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको विवरण अनुसार ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै नाफा कमाउने  बैंक बन्न सफल भएको हो । 

    ग्लोबल आईएमई बैंकले चैत मसान्तसम्मा ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ५७ करोड नाफा कमाएको थियो। यते गत वर्षको तुलनामा  तुलनामा ४.१३ प्रतिशतले बढि हो । 

    त्यस्तै। दोस्रो धेरै कमाउनेमा एनआईसी एशिया बैंक रहेको छ। एनआईसी एशियाले ३ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्ष यस्तो रकम ३ अर्ब ४८ लाख रुपैयाँ रहेको थियो । यो गत वर्षको तुलनामा १९.९६ प्रतिशत बढी हो।

    त्यसैगरि तेस्रो धेरै नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । नबिल बैंकले चैत मसान्तसम्मा ३ अर्ब ३५ करोड २० लाख कमाएको छ । गत वर्षको यसै समयमा बैंकको नाफा ३ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । जुन गत वर्षको तुलनामा यो ८.९१ प्रतिशतले घटेको हो । 

    गत वर्षको यसै समयमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा  नबिल बैंक रहेको थियो । यस वर्ष नबिलको नाफा घटेपछि ग्लोबल पहिलो नम्बरमा रहन सफल भएको छ । 


    images

    Logo